ब्रोड पिकमा मृतक आरोहीहरुको शव ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिरहेका छौं- परराष्ट्र मन्त्रालय
१७ श्रावण, २०८३, आइतवार
- हालसम्म दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको मन्त्रालयले जनाएको छ। अन्य मृतकहरूको शव उद्धारका लागि प्रयास जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ: पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीहरूप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले साउन १४ गते क्याम्प-२ बाट क्याम्प-३ तर्फ जाँदै गर्दा करिब ६ हजार ६ सय मिटर उचाइमा गएको विनाशकारी हिमपहिरोमा प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधन भएको जनाएको छ ।
मन्त्रालयले उक्त घटनाबाट नेपालको पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार नेपाली आरोहीहरू संलग्न टोली बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकाय तथा नेपाली उद्धार टोलीले खोज तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरेका थिए। उच्च हिमाली क्षेत्रमा जोखिमपूर्ण परिस्थितिमा खोज तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली पर्वतारोही टोलीको साहस र समर्पणप्रति मन्त्रालयले प्रशंसा व्यक्त गरेको छ ।
हालसम्म दुर्घटनामा ज्यान गुमाएका नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको मन्त्रालयले जनाएको छ। अन्य मृतकहरूको शव उद्धारका लागि प्रयास जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मृतक आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउने प्रक्रियाका लागि इस्लामाबादस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ ।
नेपाल सरकारले दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
-
गगन थापाको सरकारलाई सुझाव: ‘डिजिटल अर्थतन्त्र बढाउन निजी क्षेत्रमाथि विश्वास गर्नुस्’
-
स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।